सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवहरूको तलबमा मात्रै पौने ७ करोड बढी खर्च भएको छ । मासिक पारिश्रमिकसहित विभिन्न सुविधा लिने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूलाई नायब सुब्बादेखि शाखा अधिकृत सरहकै तलब सुविधा दिइएको छ । उनीहरूको तलबमा मात्रै ५ वर्षको अवधिमा ६ करोड ८२ लाख ६४ हजार २५० रुपैयाँ खर्च भएको हो ।प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन, २०७५ नै ल्याएर सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताका