सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलको पहिलो लट वीरगन्ज आइपुगेको छ । करिब २ हजार ५ सय टन युरिया मल बोकेको एउटा रेलवे र्याक मंगलबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।