सरकारी जग्गा फिर्ता ल्याउने क्रम जारी

सरकारले थप ३९ बिघा १५ कट्ठा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको छ । बाँके जिल्लाको १७ बिघा र काठमाडौँ गोकर्णेश्वर गुठीअन्तर्गत रहेको आठ रोपनी तीन आना जग्गासमेत फिर्ता ल्याइएको हो । यसैगरी विभिन्न व्यक्तिको नाममा रहेको ४३९ बिघा जग्गा सरकारले फिर्ता ल्याइसकेको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनअनुसार सरकारले जग्गा फिर्ता ल्याउने क्रम जारी छ । आयोगले अतिक्रमणमा परेका विभिन्न जग्गाको विवरणसहितका २३ वटा प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।