लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी २०७४ सालको निर्वाचनमा प्रदेश सभा (क) बाट विजयी भएर लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका केसी हाल प्रदेशको मुख्यमन्त्री छन् । केसी बहाल भइरहेका बेला आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने पहिले लडेको ठाउँलाई छोडेर प्रदेश सभा (ख) रोजेपछि गठबन्धनकै नेताहरु नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमा कसले टिकट पाउला भन्ने विषय चोटिलो बन्न पुगेको छ ।