छैन गुराँस, प्राइम र युनियन लाइफको एकिकृत कारोबारको सुरसार, अझै असोजसम्म लाग्न सक्ने

काठमाडौं। झन्डै डेढ महिनाअघि मर्जर प्रक्रिया अघि बढाएका गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार सुरु हुन अझै केही महिना लाग्ने भएको छ। तीन

सम्बन्धित सामग्री

हिमालयन लाइफको एजेन्सी म्यानेन्जर कन्फ्रेन्स पोखरामा सम्पन्न

काठमाडौं, २२ श्रावण । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो। युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटै कम्पनीका एजेन्सी म्यानेजरहरुको भेला गरी भव्य कार्यक्रम गरेको हो। सो कार्यक्रममा कम्पनीका सिईओ […]

हिमालयन लाइफको बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छूट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क छूट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शत प्रतिशतसम्म छूट पाउने भएका हुन् । यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरूमा विलम्ब शुल्कमा कम्पनीले छूट दिने भएको हो ।   हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा असार ४ देखि १५ गतेसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छूट प्रदान गर्ने जनाएको छ । कम्पनीले १ वर्षदेखि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा शत प्रतिशत, ३ वर्षदेखि ७ वर्षसम्मको लागि ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधिका लागि २५ प्रतिशत छूट प्रदान गर्ने जनाएको छ । विलम्ब शुल्क(ब्याज) छूट बीमा अवधिभरि एक पटक मात्र पाइने कम्पनीले जानकारी दिएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

प्राइम लाइफले मर्जर प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ६ गते मर्जर सम्बन्धि प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ । गत चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जान लागेका हुन् । वैशाखमै एकीकृत कारोबार गर्न लागेका तीन ओटै कम्पनीहरूले विशेष साधारण सभा आव्हान गरेका छन् । युनियन लाइफले र गुराँस लाइफले पनि वैशाख ६ गतेनै विशेष साधारण सभा बोलाएका हुन । समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुग्नेछ । बीमा कम्पनीहरूले नियामक निकायले तोकेबमोजिमको चुक्तापूँजी यहि चैतभित्र कायम गर्नुपर्नेछ । जीवन बीमा कम्पनीको लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरेको छ ।  प्राइम लाइफले आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट यस वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बोनसपछि प्राइम लाइफको चुक्तापँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६५ हजार पुगेको छ । युनियन लाइफले पनि यस वर्ष ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । उक्त बोनसपछि युनियन लाइफको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । गुराँस लाइफले भने हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन । हाल गुराँस लाइफको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजार रहेको छ । यी तीन कम्पनी एक भएपछि चुक्तापूँजीको हिसाबमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बन्नेछ । मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका हालका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणर् हुने अन्तिम सम्झौता भएको छ । गुराँस लाइफका प्रमुखकार्यकारी अधिकृत विपिन कणर् र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।