दर्शकले रुचाए ‘एन इन्स्पेक्टर कल्स’

काठमाडौं : यतिवेला राजधानीको सिनामंगलस्थित पुरानोघर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’ नामक नाटक मञ्चन भइरहेको छ। राजकमल फकिरको निर्देशनमा बनेको सस्पेन्स थ्रिलर नाटक कात्तिक १६ देखि मञ्चन शुरु भएको हो। एन इस्पेक्टर कल्स सन् १९४५ मा पहिलो पटक मञ्चन भएको जेबी प्रिस्टलेद्वारा लिखित सोही नामको नाटकको नेपाली अनुवाद हो। जसलाई निर्देशक फकिरले नै अनुवाद गरेका हुन्। एन इन्स्पेक्टर कल्स फकिरको निर्देशनमा बनेको पहिलो नाटक हो। डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए