एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे भने थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता […]