सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।