पुस २३ गते उद्घाटन गरिएको नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीका ७ वटा जिल्लामा अधिवेशन सुरु भएको थियो भने अन्य जिल्लामा विविध कारण अधिवेशन सारिएको थियो । जिल्लाको अधिवेशन सुरु हुँदै गर्दा एमालेका शीर्षस्थ नेताहरूको एउटै मत थियो, ‘नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्छ र जनतामा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।’ तत्कालीन नेकपा र नेकपा एमाले विभाजनको केन्द्रविन्दु नै कर्णाली हो । यसअघिका अधिवेशनहरूमा तत्कालीन एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्म