सापारु औपचारिकतामा सीमित गरी मनाउन आग्रह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यसपालिको गाईजात्रा पनि सामान्य औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणका कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान अवस्थामा मृत्यु संस्कारको रूपमा ऐतिहासिक कालदेखि मनाउँंदै आएको गाईजात्रा पर्व यस […]