काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन निर्देशन दिएको छ ।यात्रुको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्ती नभएकाे पाेसाककाे व्यवस्था गरेको हो । ब्यागेज ह्यान्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोसाककाे व्यवस्था गरिएको निगमले जनाएकाे छ । ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुक...