‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताए।  'आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ', उनले भने,  'बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ।'