स्थानीय निर्वाचनमा मत र पदमा पहिलो भएको काँग्रेसको निष्कर्ष (प्रतिवेदनसहित)

नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले विहीबार उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् । नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसको मुख्य प्रा