जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ ।जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न उपायसमेत आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेको छ । बालबालिकाले भेट्न सक्ने स्थानमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्