काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये काठमाडौं जिल्लामा ५९३ जना, ललितपुर जिल्लामा १८९ जना र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म उपत्यकामा २ लाख ८८ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।