काठमाडौं । निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’बाट उमेदवारी दिएर 'लौरो' चुनाव चिह्न पाएका केही उमेदवारहरूलाई स्पष्टीकरण सोधेको छ ।
हाम्रो नेपाली पार्टीका केही उमेदवारले 'लौरो' देखाएर आफूलाई स्वतन्त्र उमेदवार बताउने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
उनीहरूले दलीय आवद्धता स्पष्ट नगरी आफूलाई स्वतन्त्र उमेदवार भनेर प्रचारप्रसार गरिरहेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र...