खुला सीमा नियमन गर्छौं : गृहसचिव न्यौपाने

नेपाल सरकारले बिस्तारै भारततर्फको खुला सीमालाई नियमन गर्दै जाने गृहसचिव महेश्वर न्यौपानेले बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बिहीबार मेरियट होटलमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा न्यौपानेले नेपाल–भारत खुला सीमालाई व्यवस्थापन गर्नुपर्ने औंल्याए । उनले सीमा क्षेत्रमा एउटा प्रहरी बसेर मात्र सुरक्षा नहुने उल्लेख गर्दै अन्य क्षेत्रको समन्वयमा सीमा सुरक्षा हुने बताए ।