काठमाण्डौ उपत्यकामा एकै दिन एक हजार नाै सय १२ जनामा कोरोना

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार नाै सय १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक हजार पाँच सय ६७ जना, ललितपुरमा दुई सय २३ जना र भक्तपुरमा एक सय २२ जना सङ्क्रमित फेला परेका हुन् ।काठमाण्डौ उपत्यका केही दिनदेखि कोरोना सङ्क्रमणको 'हटस्पट' बनेको छ । बाक्लो बस्ती, ठूलो अर्थतन्त्र, सक्रिय जनजीवन लगायतका कारण विज्ञहरूले काठमाण्डौ उपत्यकालाई अत्यन्तै जोखिमपूर्ण ठाउँ मानेका छन् ।त्यस्तै पछिल्ल...