सभामुख सापकोटाको भूमिकालाई लिएर राष्ट्रिय सभा बैठकमा पनि एमालेको विरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको आरोप लगाउँदै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।  सोमवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिएर एमाले सांसद भैरवसुन्दर श्रेष्ठले एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेकोले विरोध गर्नुपरेको बताए ।  उनले विगतमा परम्पराविपरीत पार्टीले गरेको कारवाही अनुमोदन नगरेका कारण एमालेलाई फुटाउन सभामुखको भूमिका रहेको उनले दाबी गरे । एमाले सांसदले उठेर विरोध जनाए पनि राष्ट्रिय सभामा विधायक व्यवस्थापन समितिको प्रतिवेदन...