प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलंकामा सरकारी निवास छाडेका छन् ।श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेका थिए । सञ्चार माध्यमहरुका भिडियो फुटेजमा प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेको पनि देखाइएको छ ।प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् […]