काठमाडौं : अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा माइतीघर मण्डलमा भेला भएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ।
मानवअधिकार उल्लंघनबाट पीडित भएकाहरुलाई न्याय माग्दै सरकारलाई खबरदारी गर्न भन्दै ब्यानर सहित उभिएर शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका मानवअधिकारकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको हो। त्यसक्रममा प्रहरीले न्यायका लागि मानवअधिकार संजालका अध्यक्ष इन्द्रप्रसाद अर्याललाई घिसारे लछारपछार गर्दै धरपकड