काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्। काठमाडौँमा जारी काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। महाधिवेशनको कार्यतालिका अनुसार मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरू भएको छ । कूल ७११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् । पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म […]
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।