ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको स्थलगत अनुगमन गरेकी छन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आइपुगेकी भुसालले नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत आयोजना, निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना र २ सय २० केभी प्रसारण लाइनको कोसी करिडोरको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।