धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि छ राजनीतिक दल र ८ स्वतन्त्रको उम्मेदवारी छ । तर, अन्य क्षेत्रको जस्तै यहाँ पनि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनबीचमै मुख्य प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसले जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ भने एमालेले केन्द्रीय सदस्य खेमप्रसाद लोहनीलाई उठाएको छ । लोहनी ०७४ मा यही क्षेत्रबाट निर्वाचित सांसद् हुन् भने ०५६ मै धादिङ–२ बाट चुनाव जितेका अधिकारी अहिले चौथोपटक चुनावी मैदानमा छन् ।