काठमाण्डाै – सामाजिक कल्याण सङ्घ जनउद्धार केन्द्र मलेसियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने बाइप्याप भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण सङ्घ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर बिहीवार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
जनउद्धार केन्द्रको सद्भावना दूतका रूपमा रहनुभएका हास्य कलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई...