नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

काठमाण्डाै - गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टीकाबहादुर बोगटीले प्रज्वलन गर्नेछन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका कारण ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो ।  गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो ।  यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । प्रतियोग...