मोरक्को, क्रोएसिया, जापान र स्पेन विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४&n...

सम्बन्धित सामग्री

विश्वकपमा पेनाल्टी सुटआउट : क्वाटरफाइनल पुगेका ८ टोलीमध्ये को बढी सफल ?

दोहा । पहिलो खेलमा कोस्टारिकालाई ७-० गोलले हराएको स्पेन प्रि-क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । समूहगत चरणमा दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई स्तब्ध बनाएको जापान पनि अन्तिम १६ मै रोकियो । यी दुवै टोलीको यात्रा लगभग एकै तरिकाले टुंगिएयो । दुवै टोली निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पराजित भए । […]

विश्वकपः पहिलो हाफमा स्पेन र मोरक्कोको बराबरी

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत जारी खेलमा स्पेन र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । एजुकेसन सिटी रंगशालमा जारी खेलमा दुवै टिमले गोल गर्ने केहि अवसर पाएपनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेनन् । समूह चरण अन्तर्गत पहिलो खेलमा क्राएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा विश्व नम्बर १ बेल्जियमलाई […]

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...

कोस्टारिकालाई ४–२ गोलले हराए पनि जर्मनी समूह चरणबाटै बाहिरियो

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन । जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर...

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

१६ मंसिर, काठमाडाैं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो […]

यूरो कपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी रहेका छन् ?

यूरो कपमा सहभागी २४ टोलीमध्ये अब मात्र चार टोली बाँकी रहेका छन् । सेमिफाइनलमा डेनमार्क, इङ्ग्ल्याण्ड, इटाली र स्पेन भिड्दैछन् ।प्रतियोगितामा थुप्रै बलिया टोलीहरु चाँडै नै बिदा भए । साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सलाई बेल्जियम र स्वीटजरल्याण्डले अन्तिम १६ मा हरायो भने नेदरल्याण्ड पनि चेक रिपब्लिकसँग पराजित भयो । योसँगै ...

पेनाल्टी शूटआउटमा स्वीटजरल्याण्डलाई हराएर स्पेन सेमीफाइनलमा पुग्यो

पेनाल्टी शूट आउटमा स्वीस खेलाडी रुबेन भर्गेसले गरेको प्रहार उछिट्टिएपछि स्पेनले अग्रता लियो । मिकेल ओजबालले स्पेनका लागि पेनाल्टी शूट आउट निर्णायक गोल गर्नुभयो । विश्व वरीयतामा छैठौं स्थानमा रहेको स्पेनले अन्तिम १६ मा समेत क्रोएशिया बिरुद्ध पेनाल्टी शूटआउटमा नै जित सुनिश्चित गरेर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा ३–१ ले अगाडि रहेको स्पेन अन्तिम समयमा नियन्त्रण गुमाउँदा अन्तिम १६ को खेल पेनाल्टी शूट आउटमा गएको थियो ।