तीन दिनपछि आयो प्रचण्डलाई ओलीको जवाफ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुटवलको सभामा शनिवारको उपस्थिति चुनावको स्वागतमा व्यक्त अभिमत भएको बताएका छन् । बुटवलको सभाले अस्थिरता चाहानेलाई स्थिरताको पक्षमा जवाफ दिएको उनले दावी गरे ।  रुपन्देहीको बुटवलमा नेकपाले शनिवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै ओलीले जनसभा कस्तो हुन्छ भनेर हेर्न आउनु भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुटवलको सभा हेर्न चुनौती दिएका हुन् ।  ‘अस्ति तीन दिन अगाडि मात्र दशेभरीबाट मान्छे जम्मा गरेर, अलिकति मान्छे देखेपछि जनसभा हेर्न यहाँ आउ केपी ...