अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याउने बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतवार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्याउने बताएका हुन् ।
आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पुर्याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्...