८२८ मेगावाटको उत्तरगंगा आयोजना बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जलाशययुक्त ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलविद्युत् आयोजना बजेटमा समावेश गर्न सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसी नेतृत्वको टोलीले ‘ढोरपाटन एकीकृत विकास समिति’ गठन सम्बन्धी नीतिगत व्यवस्था गरी जलविद्युत् र अन्य विकासका पूर्वाधार निर्माण गर्न ज्ञापन पत्र बुझाएका हुन् ।