नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन नेपालको फागुन ७ गतेको राष्ट्रिय भेला स्थगित भएको छ । भेलाका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाएपछि भेला स्थगित गरिएको हो । ‘आज २०७८ फागुन ३ गते काठमाडौँमा बसेको सचिवालयको बैठकले जिल्ला प्रशासन कार्यालयबाट जारी ‘स्वास्थ्य मापदण्ड’ भित्र नपरेको भनी अनुमति प्राप्त हुन नसकेकाले २०७८ फागुन ७ गते काठमाडौँमा हुने भनिएको राष्ट्रिय भेला तत्कालको लागि स्थगित गर्ने सर्वसम्मत निर्णय भएको व्यहोरा सम्बद्ध