श्रममन्त्रीले प्रत्येक आइतबार पीडितको गुनासो आफैँ सुन्ने

काठमाडौं।श्रममन्त्री शेरबहादुर कुँवरलेले अबदेखी प्रत्येक आइतबार एक घण्टा कल सेन्टरमा बसेर पीडितको गुनासो आफैँ सुन्ने भएका छन्।कांग्रेस नेता प्रदीप गिरिको शोकमा तीन दिन पार्टीको झण्डा झुकाइने भएको छ।आजबाट बजेटमा तोकिएका कार्यक्रम मात्रै गर्न पाइने भएको छ। जनता समाजवादी पार्टी नेपालको प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्।बाटो नबनाएको भन्दै स्थानीयले साँखु सडक खण्ड अवरुद्व गरेका छन्।

सम्बन्धित सामग्री

मिटरब्याजी पीडितका गुनासो : धनसम्पत्ति गुमाउनु मात्र होइन जेल पनि जानुपर्यो

मिटरब्याजीका कारण पीडित धनसम्पत्ति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् । मिटरब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि  गृहमन्त्री बालकृष्ण खाणले गत साउन २७ मा सहसचिव डा भीष्मकुमार भुसालका संयोजकत्वमा  कार्यदल गठन गरेका थिए। कार्यदलको निर्देशनअनुसार मिटरब्याजीबाट पीडितको गुनासो सम्बन्धमा जारी गरेको सूचनाका आधारमा मोरङमा तोकिएको समय यही भदौ ५ गतेसम्ममा ३७ र त्यसपछि पाँच  गरी ४२ निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।आइतबार जिल्ला

वैदेशिक रोजगार पीडितको गुनासो सम्बोधन गर्न विभागलाई मन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडितहरुको गुनासोलाई समयमै सम्बोधन गर्न विभागलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालय अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक...