काठमाडौंको कोटेश्वर स्थित झोलुङ्गे पुल मुनि मृत भेटिएका युवकको शव पोष्टमार्टम गरिएको छ । असार ५ मा मोरङको उर्लाबारी नगरपालिका–२ घर भएका २९ वर्षीय युवराज भन्ने अनिश बरालको शव फेला परेको थियो ।शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोरङबाट आएका उनका आफन्तहरुले शव दाहसंस्कार गरेका छन् । युवराज बराल कोटेश्वर क्षेत्रमा सडक पेटीमा बस्थे, मदिरा पिउँथे । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।