अमेरिका : सभामुखको कुर्सीमा गएर बसे ट्रम्प समर्थक

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले संसद् भवनमा हिंसा र तोडफोड गरेका दृश्यले संसारलाई आश्चर्यचकित बनाएको छ ।  बुधवार दुवै सदनले इलेक्टोरल कलेज भोट गनेर राष्ट्रपति–निर्वाचित जो बाइडनको विजयलाई प्रमाणीकरण गर्दै गर्दा भीड संसद् भवनमा प्रवेश गरेको अनि बिस्तारै हिँड्दै तस्वीर खिचाएका तस्वीरहरू सार्वजनिक भएका छन् ।  केही मानिस यूएस सिनेट च्याम्बरमा गए अनि प्रिसाइडिङ अफिसरको कुर्सीमा बसे । त्यहाँ केही समयअघि मात्र उपराष्ट्रपति माइक पेन्स बसेका थिए ।  अर्का एक समर्थक चाहिँ सभामुख न्यान्सी पेलोसी...