एजेन्सी। रुससँग सम्बन्ध चिसिएपछि त्यहाँस्थित अमेरिकी राजदूत छलफलका लागि स्वदेश फर्किने भएका छन् तर रुसले राजदूत जोन सुलिवनलाई विचार-विमर्शका लागि स्वदेश जाने अनुमति दिएको छैन। सुलिवनले आफू दुई देशबीच पछिल्लो समय बढ्दो तनावका कारण अमेरिका गएर छलफल गर्नु आवश्य रहेको बताएका छन्। उनले आफू केही सातामै मस्को फर्कने पनि जानकारी दिएका छन्।