सिबिआईएल सेक्युरिटिजको साधारणसभा सम्पन्न

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सिबिआईएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारणसभा शनिवार ललितपुरमा सम्पन्न भएको छ । सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्वीकृत भएको छ । साथै कम्पनीको सञ्चालक समितिमा चारजना सञ्चालक रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य र सृजेश ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको छ ।