नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिक उत्सवमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवशीय टांचा

पुस १६, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक उत्सवको अवसरमा प्रकाशित हुलाक टिकटको प्रथम दिवश मनाईएको छ। ५ रुपैयाँ दरको हुलाक टिकटको प्रथम दिवशमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले प्रथम दिवशीय टांचा प्रदान गरेको चेम्बरले बताएको छ। कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रजातन्त्र स्थपना भएको पनि ७ दशकनै पुगेको भन्दै सबै एक जुट भएर लाग्यौ भने आर्थिक समृद्धि हाशिल गर्न धेरै समय नलाग्ने बताए। चेम्बर  भवनमा आयोजित उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरले बिगत ७० वर्षदेखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाई कदर गर्दै संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार व्यक्त गरे। नेपाल चेम्बर अफ कमर्स ‘चेम्बर अभियान’ लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणकालागि प्रतिबद्ध रहेको भन्दै निजी र सरकारी क्षेत्र बीच समन्वयकारी भूमिका निर्वाहमा चेम्बरको अहम भूमिका रहेको मल्लले बताए।  शुक्रवार प्रकाशित हुलाक टिकटले नेपाल चेम्बर अफ कमर्सको पहिचान सहित चेम्वर अभियानलाई बिश्वव्यापी बनाउन मद्धत पुग्ने उक्त मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताए।

सम्बन्धित सामग्री

अल्बर्टा क्यानाडामा नेपाल चेम्बर अफ कमर्स खुल्यो

क्यानाडाको एबी प्रान्तको क्यालगारी सहरमा विधिवत रुपमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स (एएनसीसी) को उद्घाटन गरिएको छ।

व्यावसायिक सहकार्यका लागि नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच समझदारी

१७ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवम् पर्यटन …

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ।...

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ।...

नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपाल

नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपाल

चेम्बरद्वारा महिला उद्यमीलाई तालिम

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तालिमबारे जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी […]

ब्याजदर वृद्धिले उद्यमी–व्यवसायी मर्कामा परेको गुनासो

मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर वृद्धिले व्यवसायीलाई निकै आहत बनाएको छ । राजेन्द्र मल्ल अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स

१७ जेठ, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यान्वयनको पक्ष निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले बताएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्व ९३ अर्व ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्ब […]

नेपाल चेम्बर अफ कमर्स र मेडिसिटी हस्पिटलबीच हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।