५ करोड घुस लिएको आरोपमा जवाफ दिन चौरसियालाइ मन्त्रालय बोलाइयो

काठमाडौं : पाँच करोड घुस लिएको भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको छ। उनलाई मंगलबार (आज) पाँच बजेभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको हो। मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको ठाडो आदेशमा उनलाई पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको हो।मन्त्रालयले लेखेको पत्रमा डा. चौरसियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेन