गोरखापत्र स्थापित सन्दर्भ र सम्पादकबारे सवाल

आममानिसले सजिलै बुझ्ने गरी आफ्नो जन्म मिति थाहा पाउन गोरखापत्रलाई आधा शताब्दीभन्दा बढी समय लाग्यो । यो नेपालमा प्रेस कानुन थालनीको कारक र पत्रकार आचारसंहिताको अगुवा रह्यो तर यसले अझसम्म आफ्नो पहिलो सम्पादक को थियो भन्ने तथ्य पत्ता लगाउन सकेको छैन । आजभन्दा १२४ वर्षअघि नेपाल संवत् १९५८ मिति ज्येष्ठ वदी ३ तदनुसार १९५८ वैशाख २४ मा साप्ताहिक अखबारका रूपमा गोर्खापत्रको प्रकाशन भएको थियो । ‘गोर्खापत्र’ प्रकाशन प्रारम्भ हुँदाका दिनसम्म विश्वमा चार सयभन्दा बढी अखबारहरू प्रकाशन भइसकेको इतिहास छ । ती अखबारमध्ये धेरै बन्द भइसकेका छन् । कुनै गोर्खापत्र प्रकाश