सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ आयोजना गरिने भएको छ । गृष्मा ब्रोडकास्टिङले कार्यक्रम आयोजना गर्न लागेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ । मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरू हुने कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम