सामाजिक बुझाइ विरुद्धको विचार राख्नेलाई स्थान खै ?

म्याग्जिनको इतिहास हेर्दा जर्मनीबाट प्रकाशित ‘इरबाउलिचे मोनाथ्स्’ म्याग्जिनलाई सम्झिने गरिन्छ । त्यसपछि विस्तारै म्याग्जिनको प्रभाव विश्वमा पर्न थाल्यो र यसले सञ्चार माध्यमको एक रूप लियो । म्याग्जिन भनेपछि दैनिक रूपमा प्रकाशित नहुने तर कमसेकम साप्ताहिक रूपमा प्रकाशित हुने खालको आकार यसले सिर्जना गर्दै गयो । प्राज्ञिक लेखनका निम्ति जर्नल बन्यो भने समसामयिक घटनाक्रमलाई छिचोल्दै साप्ताहिक रूपमा प्रकाशित हुने र व्यवसायिकताको बजारमा विज्ञापनको आडमा चल्ने माध्यम बन्न थाले म्याग्जिन । म्याग