कुमजोडि हिँड्नेलाइ फटाउँ कसरि बैरिलाइ डाँडा कटाइ पठाउँ कसरि।। लगन जुर्यो मंसिरमा पर्यो चटारो सबै ताक्ने तामदान अटाउँ कसरि।। घर भित्रकै रडाको मिलाउन कठिन बाउँठेलाइ खोलापारि कटाउँ कसरि।। कोहि उफ्रिए सभामा बिरोध गरेर तह लगाउँन मुसुण्ड खटाउँ कसरि।। जरो खन्ने कोदालो सत्रु उठे बहुत ढाड करङ दुबै भाँच्न ठटाउँ कसरि।। बिघ्नबाधा कति हुन् ग्रहदशा कति कुन अक्षता मन्छिएर हटाउँ कसरि।। यसपालि चाख्छौँ भन्ने धेरै देखिए आफ्नै दुना उतासारि चटाउँ कसरि।। ठुला टपरि रोज्नेका जमात बलिया आफन्तका आरक्षण घटाउँ […]