माघ ४, लन्डन । बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोना भाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलवार देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महीनामा ४ दशमलव १ प्रतिशतमा झरेको छ ।
बेरोजगारी दर भने युवामाझ अनि अन्य शहरभन्दा विशेषगरी लन्डनमा उच्च छ । रासस / एएफपी