एजेन्सी। भारतको गुजरातमा समुद्री आँधी टोकटेका कारण ६ जनाको मृत्यु भएको छ। अरब सागरमा बनेको चक्रवातका कारण भारतका पश्चिमी र दक्षिण क्षेत्र क्षति गरेको छ। १७५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा आएको चक्रवातका कारण भारतको मुम्बईमा समेत वर्षा सुरु भएको छ। मुम्बईको विमानस्थल समेत बन्द गरिएको छ। गुजरात सरकारले समुद्री तटीय क्षेत्रका एक लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारेको छ ।