भारत र जापानबीच चीनबारे छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगलालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ ।मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले युक्रेनमा आणविक संयन्त्रको सुरक्षाको महत्त्वलाई जोड दिए । दुवैले युक्रेन र रुसबीचको हिंसा तत्काल बन्द गर्नुपर्ने