सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ । मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले सो प्रकरणको जरैसम्म पुग्न निर्देशन गरिसकेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लाग्दा आफूलाई बिभिन्न तत्वले असफल बनाउन खोजेपनि आफू अघि बढ्ने […]