गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन् ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा गरी ४ दलका ३१ सांसदको समर्थन आफूलाई रहेको जिकिरसहित मुख्यमन्त्रीमा पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।
पोखरेलले राजमोका ३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेपनि राजमो सांसद कृष्ण थापाले आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् ।
सरकार गठनको रस्साकस्सी चलिरहँद...