पूर्वी पहाडी जिल्लाबाट यूरोप, अमेरिका, क्यानडालगायत देशमा हुने छुर्पी निकासी पाँच वर्षको अवधिमा वार्षिक ५४ करोडबाट बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यूरोपलगायत देशको बजार लकडाउनको कारण बन्द भएपछि सुस्त भएका कोशी प्रदेशका छुर्पी उद्योगहरू अहिले पूर्णरूपमा सञ्चालनमा आएका छन् ।