स्टार अस्पतालमा डाक्टर भेट्ने समय अनलाइनबाटै लिन सकिने

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट सेवा शुरू भएको छ । इ-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरू भएको इ–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी इ-सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिनेछ ।इ-सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमे