ग्रामीण विकास लघुवित्तद्वारा प्रमुख कार्यकारी पदका लागि कर्मचारी माग

चैत २२, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले मंगलवार सूचना जारी गर्दै रिक्त रहेको उक्त पदका लागि खुला प्रतियोगीताद्वारा पदपूर्ति गर्न लागेको बताएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्, वित्तीय मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र लेखाशास्त्र, तथ्याकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र, कानून, सूचना प्रविधि वा कम्प्यूटर विज्ञान विषयमा स्नातक उपाधि हासिल गरेका उमेरद्वारले कम्पनीको प्रदेश कार्यालय वा शाखा कार्यालय बुढानिलकण्ठमा सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा आवेदन दिन भनेको छ । साथै  उक्त पदका लागि बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तरराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । त्यसैगरी, उमेरको हद दरखास्त दिने अन्तिम मितिसम्म इच्छुक उमेदवार ४० चालिस वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने पनि कम्पनीले बताएको छ ।